२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

कांग्रेस महाधिवेशनको सबै तयारी पुरा

कांग्रेस महाधिवेशनको सबै तयारी पुरा

साझा पोष्ट
शनिबार, असोज १७ २०८३
  • images
    images
    कांग्रेस महाधिवेशनको सबै तयारी पुरा

    काठमाडौं,असोज १७ ।  नेपाली कांग्रेसको  १५ औँ महाधिवेशनको तयारी पुरा भएको छ । आज महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसले तयारी पुरा भएको जानकारी  दिएको हो । कांग्रेसले  सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ।


    images

    महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने बताए।


    अहिलेसम्म सभापति थापालाई कसैले चुनौती नदिएको बताए। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए। उनले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताए।

    महाधिवेशनले बीपी कोईरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई वीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाई छ । महाधिवेशनले पार्टीको संरचनागत र नितिगत सुधार दुवै गर्ने उनले दाबी गरे ।  युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकता राख्ने उनको भनाई छ ।

    उनले हरेक प्रतिनिधिले ३५ सय तिरेपछि पार्टी कार्यालय सानेपाबाट झोला पाउने बताए। उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रयास गरेको बताए। यद्यपि, महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको बताए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार