२०८३, कात्तिक १५ गते

शनिबार, कात्तिक १५ गते २०८३

शनिबार, कात्तिक १५ गते २०८३

आज अपराह्नदेखि देशभर वर्षा कम हुने,मनाङमा सबैभन्दा धेरै वर्षा

आज अपराह्नदेखि देशभर वर्षा कम हुने,मनाङमा सबैभन्दा धेरै वर्षा

साझा पोष्ट
शनिबार, कात्तिक १५ २०८३
  • images
    images
    आज अपराह्नदेखि देशभर वर्षा कम हुने,मनाङमा सबैभन्दा धेरै वर्षा

    काठमाडौं, कात्तिक १३ । बंगालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषको असर र पश्चिमी वायुको पनि आंशिक प्रभावले देशभर विभिन्न स्थानमा वर्षा तथा हिमाली भेगमा हिमपात भैरहेकाे छ । 


    images

    नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ०६:२४ बजे जनाएअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर भएको छ।

    सो अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान अनि मधेस र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको मौसम महाशाखाले जनाएको छ। 

    आज अपराह्नदेखि भने अर्नबको प्रभाव क्रमिक रूपमा कम हुने आकलन मौसम महाशाखाले गरेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ।

    यस्तै राति देशका हिमाली भेगका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको समभावना छ।  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार