२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

डाेल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

डाेल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

साझा पोष्ट
शनिबार, कात्तिक १५ २०८३
  • images
    images
    डाेल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

    काठमाडौं, कात्तिक १४ । डोल्पा जिल्ला कारागारबाट शुक्रबार राति आठ कैदी भागेका छन्। डोल्पा प्रहरीका अनुसार डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट शुक्रबार राति सुरुङ खनेर कैदी फरार भएका हुन्। 


    images


    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहका अनुसार भागेका कैदी सबै पुरुष हुन्।  फरार हुनेमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी अनिलराज गिरीका अनुसार फरार हुने आठ जनामध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्।

    जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक  छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार