२०८३, कात्तिक १७ गते

सोमबार, कात्तिक १७ गते २०८३

सोमबार, कात्तिक १७ गते २०८३

संविधान र लोकतन्त्र भन्दामाथि कोही छैन, त्यसमाआँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

संविधान र लोकतन्त्र भन्दामाथि कोही छैन, त्यसमाआँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

साझा पोष्ट
शनिबार, कात्तिक १५ २०८३
  • images
    images
    संविधान र लोकतन्त्र भन्दामाथि कोही छैन, त्यसमाआँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

    काठमाडौं, कात्तिक १४ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् ।


    images

    पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । 

     

    ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ,’ लामिछानेले भने ।
    साथै, संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने कार्य गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने उनले प्रष्ट पारे । 

    ‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रुपमा भनेका छौं,’ उनले भने ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार