२०८३, कात्तिक १७ गते

सोमबार, कात्तिक १७ गते २०८३

सोमबार, कात्तिक १७ गते २०८३

स्थानीय तहमा उम्मेदवार छान्न रास्वपाले बनायो ७ उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला

स्थानीय तहमा उम्मेदवार छान्न रास्वपाले बनायो ७ उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला

साझा पोष्ट
आइतबार, कात्तिक १६ २०८३
  • images
    images
    स्थानीय तहमा उम्मेदवार छान्न  रास्वपाले बनायो ७ उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला

    काठमाडौं,कात्तिक १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ।


    images

    पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ। जसका लागि रास्वपाले विभिन्न उपसमिति गठन गरेको छ ।

    प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

    त्यसैगरी, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।

    महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लब मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार