२०८३, कात्तिक २७ गते

बिहीबार , कात्तिक २७ गते २०८३

बिहीबार , कात्तिक २७ गते २०८३

एनपिएल :कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

एनपिएल :कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

साझा पोष्ट
बिहीबार , कात्तिक २७ २०८३
  • images
    एनपिएल :कर्णालीले लुम्बिनीलाई दियो  १०६ रनको लक्ष्य
    images

    काठमाडौं, कात्तिक २६ ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाइ १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


    images


    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो ।

    कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

    कर्णाली अङ्क तालिकाको सातौँ स्थानमा  छ । कर्णालीले हालसम्म पाँच खेलमा तीनमा पराजय र दुईमा जित निकालेको छ । लुम्बिनी अङ्क तालिकाको तेस्रो स्थानमा  छ । उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । उसकाे ७ अङ्क छ । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार