२०८३, कात्तिक २९ गते

शनिबार, कात्तिक २९ गते २०८३

शनिबार, कात्तिक २९ गते २०८३

लुम्बिनी बन्यो एनपीएलको 'प्ले अफ' पुग्ने पहिलो टिम, लगातार चौथो हारपछि कर्णाली संकटमा

लुम्बिनी बन्यो एनपीएलको 'प्ले अफ' पुग्ने पहिलो टिम, लगातार चौथो हारपछि कर्णाली संकटमा

बिहीबार , कात्तिक २७ २०८३
  • images
    लुम्बिनी बन्यो एनपीएलको 'प्ले अफ' पुग्ने पहिलो टिम, लगातार चौथो हारपछि कर्णाली संकटमा
    images

    काठमाडौं, कात्तिक २६ । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्ले अफमा पुगेको छ । 


    images

    बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो । लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम हाे । 

    कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अघिनै ६ विकेट गुमाएर पूरा गर्याे । ६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

     लगातार चौथो हारपछि कर्णालीको प्लेअफ सम्भावना  कमजोर बनेको छ । शुरुका दुई खेल जितेको कर्णाली त्यसपछिका लगातार चार खेलमा पराजित भयाे । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।

    लुम्बिनीकाे जितमा डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए ।उनले ३४ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । दिलिप नाथले नट आउट २८ रन बनाए ।

     निरोशन डिकवेलाले १३ बलमा २ चौका हानेर  १६ रन जोडे । शमिम हुसेन ५ रन जोडेर आउट भए । बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएकाे थियाे । 

    कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार