२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

अमेरिकामा हवाई संकटकाल, सबै उडान रोकिए

अमेरिकामा हवाई संकटकाल, सबै उडान रोकिए

साझा पोष्ट
शनिबार, कात्तिक २९ २०८३
  • images
    अमेरिकामा हवाई संकटकाल, सबै उडान रोकिए
    images

    काठमाडौं, कात्तिक २८ ।  अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका छन् । 


    images

    अमेरिकाको संघीय उड्डयन प्रशासन (FAA) ले असाधारण परिस्थिति र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै देशभरका उडान रोक्ने निर्णय गरेको हो ।

    अमेरिकी यातायातमन्त्री सीन डफीका अनुसार देशभरका एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चारसम्बन्धी समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो।

    FAA का प्राविधिक टोलीले समस्याको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका थिए।

    के कारण रोकियो उडान ?

    अमेरिकी यातायात सचिवका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो ।

    यसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो ।
    यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने निर्णय गरेका थिए ।

    त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार