काठमाडौं । आईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । तर महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।



