२०८३, मंसिर ७ गते

आइतबार, मंसिर ७ गते २०८३

आइतबार, मंसिर ७ गते २०८३

एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँ : अध्यक्ष ओली

एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँ : अध्यक्ष ओली

साझा पोष्ट
शुक्रबार, मंसिर ५ २०८३
  • images
    एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
    images

    काठमाडौं, मंसिर ४ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरि सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । 


    images

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गरेका हुन् । "एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँ," ओलीले भने ।

    उनले देशको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छोड्ने जिकिर गरे । 

    उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिए । उनले विगतमा भएका कमजोरी सच्याउन र जनतामाझ विश्वास कायम गर्ने गरी काम गर्न समेत निर्देशन दिए । 

    जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 

    "अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने केही पोखिएको छ भने हतार हतार उठाउनुस् है साथीहरू । पोखिएको हुनसक्छ कतै हतार हतार उठाउनुस्, हतार हतार मिलाउनुस् । कुनै पदबाहेक राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि होला, " ओलीले भने । 

    उनले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानुन तथा ऐन निर्माण गरेर काम गर्न सकिने बताए । 

    उनले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई खुसी बनाउने गरी कार्य सम्पदान गर्न समेत जनप्रतिनिधिहरूलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार