२०८३, मंसिर ७ गते

आइतबार, मंसिर ७ गते २०८३

आइतबार, मंसिर ७ गते २०८३

देशलाई दुर्घटनातिर लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड

देशलाई दुर्घटनातिर लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड

साझा पोष्ट
शनिबार, मंसिर ६ २०८३
  • images
    देशलाई दुर्घटनातिर लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड
    images

    भक्तपुर, मंसिर ५ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् । 


    images

    शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताएका हुन् ।

     उनले राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उनको आरोप छ । दाहालले पछिल्लो राजनीतिक परिस्थितिले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको संकेत गरिरहेको दाबी गरे। यस्तो अवस्थामा शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ । त्यसैले शान्ति सम्झौता र संविधानको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताका अधिकारको रक्षाका लागि नयाँ संकल्प र प्रतिवद्धतासहित जनतामाझ जानु आवश्यक छ । राष्ट्रिय जागरण अभियानमार्फत शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्त्व र संघर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई घरघर र टोलटोलमा पुगेर सचेत गराउनुपर्छ ।’

    उनले देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन नयाँ संकल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने बताए । शान्ति सम्झौता र संविधानको ऐतिहासिक महत्वबारे जनतालाई जानकारी गराउन घरघर र टोलटोलसम्म पुग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार