२०८३, मंसिर ८ गते

सोमबार, मंसिर ८ गते २०८३

सोमबार, मंसिर ८ गते २०८३

नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने भारतको घोषणा

नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने भारतको घोषणा

साझा पोष्ट
सोमबार, मंसिर ८ २०८३
  • images
    नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने भारतको घोषणा
    images

    काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ ।


    images

    आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।पाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने बताए।

    प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाटै उनको दृष्टिकोण र सोच स्पष्ट भएको आफूले पाएको बताए।

    ‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने।

    नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई अटुट विश्वासको सम्बन्धका रूपमा व्याख्या गरे। ‘हामी एकअर्काको प्रगतिमा साथी हौँ। दुःखको अवस्थामा एकअर्काको सहारा पनि हौँ,’ उनले भने।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार