सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिइने

भोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिइने

साझा पोष्ट
बिहीबार , जेठ २६ २०७९
  • images
    भोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिइने
    images
    काठमाडौं । सरकारले भोलीदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य मन्त्रालयले भोलि शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिने निर्णय गरेको हो । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पूरा भएकालाई खोप लगाइने जानकारी दिए। पहिले जुन खोप लिइएको छ । त्यहि खोप लगाइन्छ । पहिला खोप सञ्चालन गरेको केन्द्र तथा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार