सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अग्ला ब्यक्तिलाई नराम्रो खवर : यस्ता रोग लाग्ने संभावना बढी

अग्ला ब्यक्तिलाई नराम्रो खवर : यस्ता रोग लाग्ने संभावना बढी

साझा पोष्ट
मंगलबार, जेठ ३१ २०७९
  • images
    अग्ला ब्यक्तिलाई नराम्रो खवर : यस्ता रोग लाग्ने संभावना बढी
    images
    एजेन्सी । शरिरको लम्बाई बढी हुनुका धेरै फाईदा छन् । तर त्यति नै बेफाईदा पनि हुने गरेको छ । उचाईका कारण कतिपय व्यक्तिले धेरै नोक्सानी व्यहोर्नु परिरहेको हुन्छ । पछिल्लो एक अध्ययनले उचाई बढी भएका व्यक्तिमा अनेक खालका रोग लाग्ने संभावना पनि बढी हुने देखाएको छ । विशेषगरी यस्ता व्यक्तिमा नशा, छाला र मुटुसँग सम्बन्धित रोगको जोखिम बढी हुने पाईएको छ । शरिरको लम्बाई र रोगबीचको सम्बन्धबारे गरिएको अहिलेसम्मकै ठुलो अध्ययनमा केही रोग उचाईकै कारणले हुने गरेको पनि पाईएको छ । एक बयस्क व्यक्तिको उचाई कति हुनुपर्छ भन्ने उसको जीन, पर्यावरण तथा सामाजिक आर्थिक कारणमा निर्भर हुन्छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका वैज्ञानिकले त्यहाँको सशस्त्र सुरक्षा बलका  १ हजार भन्दा बढी व्यक्तिमा गरेको अध्ययनले उचाई अनुसार रोग लाग्ने खतराबारे नयाँ तथ्य बाहिर ल्याएको हो । वैशानुगत रुपमा उचाई धेरै भएका व्यक्तिमा मुटुको अनियमित धडकन, रक्तप्रवाहमा समस्या जस्ता जोखिम बढी हुने पाईएको छ । यस्तै उनीहरुमा नशामा क्षति,  छाला र हाडमा संक्रमणको खतरा पनि बढी हुने गरेको छ । व्यक्तिको उचाई जति धेरै हुन्छ रोगको खतरा पनि उति नै धेरै हुने पनि अनुसन्धानमा संलग्न बैज्ञानिकले दाबी  गरेका छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार