सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

२७ जिल्लामा भोलिदेखि ५-१२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

२७ जिल्लामा भोलिदेखि ५-१२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    २७ जिल्लामा भोलिदेखि ५-१२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने
    images
    काठमाडौं । सरकारले भोली बिहीबारदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरण अन्तरगत असार ९ गतेदेखि १५ गतेसम्म २७ वटा जिल्लामा पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको छ । पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरीमा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ । बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वमा खोप दिइने केन्द्रले जनाएको छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ । बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार