सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक

ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक

साझा पोष्ट
आइतबार, असार १२ २०७९
  • images
    ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक
    images
    काठमाडौं । ललितपुर महानगरपालिका भित्र पानीपुरी र चटपटे बेच्न रोक लगाइएको छ । पानीपुरी तथा चटपटमा प्रयोग भएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगर भित्र आइतबारदेखि पानीपुरी र चटपटे विक्रिवितरणमा रोक लगाइएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । ‘अब ललितपुर महानगर भित्र पानीपुरी र चटपटे बेच्न पाइने छैन, बेचेमा कारबाही हुनेछ’ हाछेंथुले भने, ‘यस सम्बन्धमा हामीले गल्ली गल्लीमा माइकिंग गरेर जानकारी गराइसकेका छौं । काठमाडौं महानगरमा हैजाका केही बिरामी भेटिएपछि अहिले ललितपुरमा समेत उच्च सर्तकता अपनाइएको उनले बताए । ललितपुरका होटल तथा रेष्टुरेण्टमा राखिएका पानीको समेत परिक्षण गर्ने तयारी गरिएको छ । केही दिनअघि ललितपुर सानेपा क्षेत्रका दुई जनामा हैजा पुष्टि भएका बिरामी फेला परेका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार