सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्वीट्जरल्याण्डमा भएको अल्ट्रा म्याराथनमा नेपालकी रशिला च्याम्पियन

स्वीट्जरल्याण्डमा भएको अल्ट्रा म्याराथनमा नेपालकी रशिला च्याम्पियन

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    स्वीट्जरल्याण्डमा भएको  अल्ट्रा म्याराथनमा नेपालकी रशिला च्याम्पियन
    images
    काठमाडौं । नेपालकी रशिला तामाङले स्वीटजरल्यान्डमा सम्पन्न अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को १०० किलोमिटर अल्ट्रा दौडको उपाधि जितेकी छन् । स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा गरिन् । नेपालकै अनिता राई २० घण्टा २४ मिनेट १० सेकेण्ड सहित तेस्रो भइन् । उनी दोस्रो भएकी चेक रिपब्लिककी मिसेला मेर्टोभाभन्दा जम्मा ८ सेकेन्डले पछि परिन् । मेर्टोभाले २० घन्टा २४ मिनेट १० सेकेन्डमा पूरा गरिन् । यस्तै पुरुषतर्फ नेपालका भीम गुरुङ दोस्रो भए । भीमले निर्धारित दुरी १६ घण्टा २९ मिनेट ३९ सेकेण्डमा पूरा गरे । स्वीट्जरल्याण्डका दानियल बेर्च्टोल्डले १५ घण्टा ३९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै पहिलो भए । नेपालबाट तीन धावकले सहभागिता जनाएकोमा तीनै जना शीर्ष तीनमा रहे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार