सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रञ्जन कोइरालाको मुद्दाकै कारण महाअभियोग लगाएको भए स्वीकार्छु र माफी माग्छु : चोलेन्द्र

रञ्जन कोइरालाको मुद्दाकै कारण महाअभियोग लगाएको भए स्वीकार्छु र माफी माग्छु : चोलेन्द्र

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    रञ्जन कोइरालाको मुद्दाकै कारण महाअभियोग लगाएको भए स्वीकार्छु र माफी माग्छु : चोलेन्द्र
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । ‘रञ्जन कोइरालाको मुद्धाको फैसलाकै कारण महाअभियोग लगाइएको हो भने म जनतासमक्ष माफी माग्छु, महाअभियोग सिफारिस समितिको बैठकमा जबराले भने, ‘त्यसमा गल्ती भयो मलाई प्रायश्चित भएको छ ।’ रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको जबराले बताए । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’ पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको दाबी जबराले गरे । डीआईजी कोइरालाले करिब ९ वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । कार्यविधि कानुनले तोकेका सर्तहरू पालना गर्नुपर्नेमा तत्कालीन प्रधानन्यायाधीश राणासहितको इजलासले सोझै कैद सहुलियत दिएको र अर्कोतर्फ मुद्दाको मिसिलमै नभएका विषयवस्तुमाथि आफूअनुकूल जबर्जस्ती व्याख्या गरेको थियो । निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले पत्नी हत्याको जघन्य अपराध गरे पनि कोइरालालाई गत वर्ष असार १५ मा कैद सजाय घटाउने फैसला गरेको थियो । आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका छन् । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने गरी आजलाई सकिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार