सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा १० जनाको मृत्यु

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा १० जनाको मृत्यु
    images
    ओटाबा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन नामका दुई संदिग्धहरू फरार छन् । प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी कार्य जारी राखेको जनाएको छ । पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन । उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ । त्यसैले प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार