सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रहरीले माग्यो सेनासँग एक हजार थान पेस्तोल सापटी

प्रहरीले माग्यो सेनासँग एक हजार थान पेस्तोल सापटी

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    प्रहरीले माग्यो सेनासँग एक हजार थान  पेस्तोल सापटी
    images
    काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचन सुरक्षाका लागि एक हजार थान पेस्तोल माग गरेको छ। नेपाली सेनालाई पत्र पठाउँदै प्रहरी प्रधान कार्यालयले एक हजार थान पेस्तोल माग गरेको हो। हरेक मतदान केन्द्रमा जुनियर अधिकृतका लागि साना हतियार आवश्यक पर्ने भए पनि प्रहरीसँग अपुग भएपछि सेनासँग सापटी मागिएको हो । यसअघि स्थानीय तहको निर्वाचनमा पनि प्रहरीले सेनासँगै हतियार मागेर काम चलाएको थियो। त्यतिबेला पनि प्रहरीले एक हजार वटा पेस्तोल सेनाका चलाएको थियो। निर्वाचन सकिएसँगै हतियार सेनालाई नै फिर्ता गरिएको थियो। यसपटक पनि चुनावपछि फिर्ता गर्ने गरी प्रहरीले माग गरेको हो। अहिले प्रहरीसँग कतिपय हतियारका गोली सकिएका छन्। भीड नियन्त्रणका लागि आवश्यक अश्रुग्यास लगायत विस्फोटक पदार्थको म्याद सकिएको छ। नेपाल प्रहरीले पेस्तोलसहितका अत्यावश्यक गोलीगट्ठा खरिद गर्ने तयारी गरेको भएपनि विवाद भएपछि खरिद रोकिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार