सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्दै

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्दै
    images
    काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र श्रीलंकाबीच खेल हुँदैछ । सुपर चार अन्तर्गत समूह ‘ए’ को विजेता भारत र समूहको ‘बी’ को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने ८ मा हुरु हुनेछ । सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै फाईनलको सम्भावना जीवितै राख्न चाहन्छ । सुपर चारको पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो । यता, पाँच पटकको च्याम्पियन श्रीलंका पनि सुपर चारमा जितको यात्रा निरन्तर गरि फाईनलको सम्भावना थप मजबुत बनाउन चाहन्छ । भारत र श्रीलंकाबीचको पछिल्लो पाँच भेटमा भारत ३ पटक विजयी भएको छ । श्रीलंका भने २ पटक विजयी भएको छ । पछिल्लो पटक २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो। प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् । सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार