सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाँडेको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाँडेको शिष्टाचार भेट

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाँडेको शिष्टाचार भेट
    images
    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन । भारतका स्थल सेनाध्यक्ष पाँडेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन्। र भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल भएन ।भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपालले लिखितरुपमा यसबारे जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्ती रोकेको छ । त्यसैले प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो । तर भेटमा यसबारे कुरा भएन । जनरल पाँडेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए। त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल हासिल गरेका नेपाली सेनाले जनाएको छ। त्यसक्रममा उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए। साथै, जनरल पाँडेले भोलि भदौ २२ गते मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी त्यही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम छ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार