सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भुटानको पोष्टमा सावित्रा र अनिताको दुई-दुई गोल, नेपाल ३ अंक बटुल्न सफल

भुटानको पोष्टमा सावित्रा र अनिताको दुई-दुई गोल, नेपाल ३ अंक बटुल्न सफल

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    भुटानको पोष्टमा सावित्रा र अनिताको दुई-दुई गोल, नेपाल ३ अंक बटुल्न सफल
    images
    काठमाडौं । नेपालले घरेलु मैदानमा भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरे । पहिलो हाफ भारी वर्षाले प्रभावित गरेको थियो । तर, खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसअघि ११ औं मिनेटमा हिरा कुमारी भुजेलको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् । भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन् । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरे । यस जितसँगै समूह ‘बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोड्न सफल भएको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । फाइनल खेल असोज ३ गते हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार