आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

'अग्निपथ' योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ :परराष्ट्र मन्त्रालय

'अग्निपथ' योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ :परराष्ट्र मन्त्रालय

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    'अग्निपथ' योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ :परराष्ट्र मन्त्रालय
    images
    काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नरहेको प्रष्ट पारिन् । परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुनेबारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको र यो विषय थाती रहेको बताएकी हुन् । ‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन’ उनले भनिन् ।भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने अभिव्यक्ति दिएपछि परराष्ट्रले पुरानै कुरा दोहोर्‍याएको हो ।भारतले अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार