आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी, को-को उपस्थित भए ?

महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी, को-को उपस्थित भए ?

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी, को-को उपस्थित भए ?
    images
    काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताहरुबीच छलफल सुरु भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरूमध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको भन्दै उनीहरुलाई देखाएका थिए । समितिले निलम्बित प्रधानन्यायाधीश जबराले लगाएका आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि पूर्वप्रधानन्यायाधीश र बहालवाला न्यायाधीशले भने समितिलाई बयान नदिने भन्दै इन्कार गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार