सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो । ।

साझा पोष्ट
शुक्रबार, चैत २४ २०७९
  • images
    स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ ।

    images
    images

    विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।

    images
    images

    वायु प्रदुषणको अवस्था हेर्न तथा यसले मानिसलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउन फोक्सो जडान गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी  दिए । 

    वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्न फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ । 
     धेरै देशहरुले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औं स्थानमा रहेको देखाएको छ ।

    सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल फोक्सोको दीर्घकालीन रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदुषणको कारणबाट हुन्छ ।

    कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदुषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम वायु प्रदुषणको समयमा घरबाट बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र राखिएको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्छ .। 

    '३० दिनमा यो जोडी फोक्सोको रंग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ’, डा‍ अधिकारीले भने, ‘यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत हुन्छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार