सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

साझा पोष्ट
मंगलबार, चैत २८ २०७९
  • images
    भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो
    images

    काठमाडौं । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

    images
    images

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

    images
    images

     पौडेलले अस्पतालमा माघ १३ गतेयता रिएजेन्ट नभएका कारण पीसीआर परीक्षण नभएको बताएका छन् । अस्पतालको प्रयोगशाखामा अहिले दैनिक ४-५ वटा एन्टिजेन नमुना परीक्षण मात्र भइरहेको  उनले प्रष्ट पारेका छन् । तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पताल बोलेको हो हो । रिपोर्टमा आएको क्यूआर कोड स्क्यान गरी उक्त व्यक्तिको रिपोर्ट होरहोइन भनी थाहा पाउन सकिने पनि उनले जनाएका छन् ।


    अस्पतालले घटनाको अनुसन्धान गरिदिन चितवन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले अनुसन्धान प्रक्रिया जारी रहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । 

    bharatpur-pcr-1681193722.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार