सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हुलाक बचत बैंकका खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण

हुलाक बचत बैंकका खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण

साझा पोष्ट
मंगलबार, असार २६ २०८०
  • images
    हुलाक बचत बैंकका खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण
    images

    काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने  सम्झौतामा हस्ताक्षर  भएको छ । नेपाल सरकारको आ.व.२०८०–०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम सम्झौता भएको हो  ।

    images
    images

     सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आईतबार हस्ताक्षर गरे । 

    images
    images

    देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले रा।वा।बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने छ ।

    नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२\०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०\०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार