सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

१६ औं आवधिक योजनाको अवधारणापत्र  छलफलमा लैजाने योजना आयोगको निर्णय 

१६ औं आवधिक योजनाको अवधारणापत्र  छलफलमा लैजाने योजना आयोगको निर्णय 

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारणा पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ। को प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारेको हो । समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजनालाई रुपान्तरणकारी क्षेत्र भनिएको छ ।

साझा पोष्ट
बुधबार, साउन १७ २०८०
  • images
    १६ औं आवधिक योजनाको अवधारणापत्र  छलफलमा लैजाने योजना आयोगको निर्णय 
    images

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारणा पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ। को प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारेको हो । 

    images
    images

    समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजनालाई रुपान्तरणकारी क्षेत्र भनिएको छ ।

    images
    images

    यसैगरी गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षालाई समेत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

    संरचनात्मक रुपान्तरणका क्षेत्रमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेको आयोगले जनाएको छ ।
    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूले गरेको सम्बोधन स्मरण गराउँदै  बजेट निर्माण गर्दा होस या रणनीतिक योजना  बनाउँदा जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । 

    प्रचण्डले योजना निर्माण गर्दा पन्ध्रौँ योजनाको पनि समीक्षा  गर्न आवश्यक रहेको बताए । पारित भएको अवधारणा पत्र छलफलको लागि अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार