सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एक्सन प्लान बनाएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन 

एक्सन प्लान बनाएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कामाथि विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् ।भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न निर्देशन दिए । ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’ 

साझा पोष्ट
आइतबार, साउन २८ २०८०
  • images
    एक्सन प्लान बनाएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन 
    images

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कामाथि विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् ।

    images
    images

    भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न निर्देशन दिए । ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’ 
    उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए । भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा शतर्क रहन निर्देशन पनि उनले दिए ।

    images
    images

    उनले  साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।’ 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार