सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

३३ महिनापछि चालु खाता बचतमा 

३३ महिनापछि चालु खाता बचतमा 

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    ३३ महिनापछि चालु खाता बचतमा 
    images

    काठमाडौं । चालु खाता ३३ महिनापछि धनात्मक भएको छ। २०७७ मंसिरदेखि निरन्तर ऋणात्मक रहेको चालु खाता यसपालि साउनमा १२ अर्ब ९९ करोडले बचतमा पुगेको छ।

    images
    images

    चालु बर्षको पहिलो महिना शोधनान्तर बचत ३२ अर्ब ९० करोड रुपैयाँ छ। पोहोर यतिबेला २२ अर्ब ६३ करोडले ऋणात्मक थियो। असोजपछि बल्ल शोधनान्तर बचतमा गएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा  छ । गत आर्थिक वर्षमा शोधनान्तर बचत २ खर्ब ९० अर्ब भन्दा बढी भएपनि चालु खाता घाटामा थियो । तर, यो वर्षको आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।


    चालु आर्थिक वर्षको पहिला महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।अमेरिकी डलरमा चालु खाता ११ करोड ८८ लाख बचतमा छ । गत आर्थिक वर्ष २०७९र८० को सानउनमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । शोधनान्तर स्थिति पहिलो महिनामा नै ३२ अर्ब ९० करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति पनि १९ अर्ब ७६ करोडले घाटामा थियो ।

    साउनमा २ अर्ब ६५ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी पनि आएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार