शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

पद्मश्री पुरस्कार मनु,  वात्स्यायन र शर्मालाई

पद्मश्री पुरस्कार मनु,  वात्स्यायन र शर्मालाई

साझा पोष्ट
सोमबार, असोज ८ २०८०
  • images
    पद्मश्री पुरस्कार मनु,  वात्स्यायन र शर्मालाई
    images

    काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ ।

    images
    images
    images

    पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।अन्तिम पाँच पुस्तकको सूचीमा मनुसहित इजोरिया, ऐंठन, शून्यको मूल्य र मफलर थिए । पद्मश्री साहित्य पुरस्कार पाएको ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।

    images
    images

    यस्तै प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिने भएको छ । साथै, गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिनेछ ।

    शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।तीनवटै पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण गरिनेछ । सबै पुरस्कारको राशि तीन लाख रुपैयाँ  छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार