काठमाडौं । समानताको सन्देश दिने जनगीत 'पिपलु हुँ' म सार्वजनिक भएको छ । शनिवार उदय रिजालको यु ट्यूब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा जनगायिका निलिमा पुन र जनगायक उदय रिजालको स्वर छ ।
भिडियोमा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा सहितका कलाकारको अभिनय रहेको यो गीत लक्षीराम आचार्यले लेखेका हुन । गीतमा सङ्गीत र ऐरेन्ज नारायण दङ्गालको छ । गीतको भिडियो छायांकन ओम प्रसाइ तथा निर्देशन र सम्पादन चेत बुढाथोकीले गरेका छ्न । अभिनय गर्ने अन्य कलाकारहरुमा पम्फा बन्जाडे , चेत बुढाथोकी , नारायण दङ्गाल , उदय रिजाल र नितु बिश्वकर्मा लगायत छन ।
यो गीतमा विभेदरहित सुसभ्य र समुन्नत समाज निर्माणमा डटिरहेको एक कर्तब्यनिष्ट शिक्षकले गर्नु परेको संघर्षलाई मुल कथा बनाइएको छ । ' 'पिपलु हुँ म' ले समस्या र चुनौती सङ्ग सम्झौता गर्न र झुक्न होइन, डटेर सामना गर्न , निराश नहुन अभिप्रेरित गरेको छ ।