बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

मोहनविक्रम सिंहलाई प्रज्ञा प्रतिष्ठानले दियो दर्शन पुरस्कार

मोहनविक्रम सिंहलाई प्रज्ञा प्रतिष्ठानले दियो दर्शन पुरस्कार

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    मोहनविक्रम सिंहलाई प्रज्ञा प्रतिष्ठानले दियो दर्शन पुरस्कार
    images

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसमेत छन् ।


    images
    images

    नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।  यस्तै खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । 

    यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार,लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई समालोचना तथा साहित्येतिहास पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, प्रा.डा.देवीप्रसाद गौतमलाई भाषा पुरस्कार, वम देवानलाई साहित्य पुरस्कार (पद्य), राजवलाई साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

    यसअघि मातृभाषा साहित्य पुरस्कार पहाडीरहिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा प्रदान गरिएको थियो ।नेपाल प्रज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने पुरस्कारहरुको राशि जनही एक लाख रुपैयाँ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार