सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनसेलले तिर्नुपर्ने कर असुल उपर गर्न राज्य व्यवस्था समितिको निर्देशन

एनसेलले तिर्नुपर्ने कर असुल उपर गर्न राज्य व्यवस्था समितिको निर्देशन

साझा पोष्ट
मंगलबार, पुस ३ २०८०
  • images
    एनसेलले तिर्नुपर्ने कर असुल उपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
    images

    काठमाडौं ।  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनलाई समेत आधार बनाएर प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने बुझाउनुपर्ने कर र गैरकर असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ । 

    images
    images

    मंगलबार एनसेल खरिद विक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । 

    images
    images

    समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन बनाउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहतमा ल्याउन पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । साथै  अहिलेसम्म एनसेलले लगेको रकम विवरण राष्ट्र बैङ्कबाट मगाउने निर्णय समितिले गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार