सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

उद्योगहरुमा श्रमिकको अभाव हुने हजारौं युवा विदेश जाने अवस्था रोक्नुपर्छ : अध्यक्ष ढकाल

उद्योगहरुमा श्रमिकको अभाव हुने हजारौं युवा विदेश जाने अवस्था रोक्नुपर्छ : अध्यक्ष ढकाल

साझा पोष्ट
बिहीबार , पुस ५ २०८०
  • images
    उद्योगहरुमा श्रमिकको अभाव हुने हजारौं युवा विदेश जाने अवस्था रोक्नुपर्छ : अध्यक्ष ढकाल
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवा विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन्।

    images
    images

    बुधवार महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकमा र्दै अध्यक्ष ढकालले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा हजारौ जनशक्ति बाहिरिएको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे । उनले दैनिक हजारौं युवाहरु विदेशिनुको कारण सरकारको कमजोरी रहेको बताए। अध्यक्ष ढकालले नेपालमा चरम बेरोजगारी भएपनि नेपाली उद्योगहरुमा श्रमिकको अभावको कारण भारत र बंगलादेशबाट श्रमिकहरु ल्याएर काम लगाउनुपरेको बताए।

    images
    images

    उनले सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताए। ढकालले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगरेकाले समस्या आएको बताए।उनले वन मन्त्रालयले वन,भौतिक पूर्वाधारले पूर्वाधार,अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गर्ने गरेकोले धेरै विद्यार्थी र युवाहरु बाहिर जान बाध्य भएको दाबी गरे। अध्यक्ष ढकालले हजारौ युवाहरुसँग नेपालको अबौं विदेशी मुद्रा बाहिरिएको जिकिर गरे।

    ‘ हरेक दिन हजारौं मानिसहरु विदेश गइरहेका छन्। नेपालका उद्योगहरुलाई श्रमिक आवश्यक परेको छ। श्रमिकहरु नपाएर भारत र बंलादेशबाट श्रमिक ल्याएर काम लगाइ रहेका छौं। एक तिर नेपालमा चरम बेरोजगारी छ। बेरोजगारी छ भन्दै गर्दा बाहिरबाट मान्छेहरु ल्याएर काम गराउनुपरेको छ।' ढकालले भने,सबैको सहकार्यमा दक्ष जनशक्ति नेपालमा नै राख्ने गरी काम गर्नु आवश्यक छ। तर अहिले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने गरेका छन्। वनको मान्छेले वनका मात्रै, भौतिक पूर्वाधार मन्त्रालयले पूर्वाधारका मात्रै काम गरेको छ। अर्थमन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गरेको छ।’

     

    प्रतिक्रिया हरु
    थप समाचार