सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष घर कर्जा योजना, कति छ न्यूनतम् ब्याजदर ?

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष घर कर्जा योजना, कति छ न्यूनतम् ब्याजदर ?

साझा पोष्ट
शुक्रबार, पुस ६ २०८०
  • images
    ग्लोबल आइएमई बैंकले ल्यायो विशेष घर कर्जा योजना, कति छ न्यूनतम् ब्याजदर ?
    images

    काठमडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा  १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (Home Loan)  योजना सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुे सहज रुपमा कर्जा सार्न (SWAP) सक्नेछन् । 
    यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

    images
    images

    बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।ग्राहकले देशैभरका ७७ वटै जिल्लामा रहेका बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको  याे योजनाबाट लाभ लिन सबैलाई बैंकले अनुरोध गरेको छ । 
    आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार