आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

सन्दीपले जबर्जस्ती करणी गरेकी किशोरी बालिग ठहर

सन्दीपले जबर्जस्ती करणी गरेकी किशोरी बालिग ठहर

साझा पोष्ट
शुक्रबार, पुस १३ २०८०
  • images
    सन्दीपले जबर्जस्ती करणी गरेकी किशोरी बालिग ठहर
    images

    काठमाडौं । जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला २६ लाई बालिग ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलाशले किशोरी नाबालिग नरहेको ठहर गरेको हो । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश सन्दीपलाई दोषी ठहर्याएका छन् । 


    images
    images

    अदालतको फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाएर सन्दीपले शारीरिक सम्बन्ध राखेको दलिल गरिएको छ । यसकै आधारका बलात्कार ठहर गरिएको हो । १८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिकोलाई जबरजस्ती करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ती करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।
    योसँगै तत्काल जेल जानु नपर्ने भएको छ।

    पीडित भनिएकी किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सन्दीपलाई सजायको फैसला न्यायाधीश शिशिरराज ढकालले गरेका हुन्। जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको हो।

    यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्।

    अदालतबाट दोषी ठहर भएसँगै अब सन्दीपको खेल करिअरमा भने पूर्णबिराम लाग्ने अवस्था आएको छ। यसअघि २०७९ पुस २८ गते उच्च अदालतको आदेशबाट थुनामुक्त भएका सन्दीप राष्ट्रिय टोलीमा फर्किएर खेलिरहेका थिए। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार