मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

पञ्जाबको ऐतिहासिक जित, कोलकाताविरुद्ध २६२ रनको लक्ष्य पुरा गर्दै बनायो कीर्तिमान

पञ्जाबको ऐतिहासिक जित, कोलकाताविरुद्ध २६२ रनको लक्ष्य पुरा गर्दै बनायो कीर्तिमान

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    पञ्जाबको ऐतिहासिक जित, कोलकाताविरुद्ध २६२ रनको लक्ष्य पुरा गर्दै बनायो कीर्तिमान
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाब किङ्ले कीर्तिमानी ऐतिहासिक जित हासिल गरेको छ ।


    images
    images

    २६२ रनको विशाल लक्ष्य पुरा गर्दै कोलकाता नाईट राईडर्सलाई आठ विकेटले हराउँदै पञ्जाबले कीर्तिमानी जित निकालेको हो । टी २० मा यो अहिलेसम्मकै ठूलो रन चेज हो । यसअघि दक्षिण अफ्रिकाले वेस्टइण्डिजविरुद्ध २५९ रनको लक्ष्य पछ्याएको थियो । 

    इडन गार्डेनमा घरेलु टोली कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पञ्जाबले मात्र २ विकेट गुमाएर १८ ओभर ४ बलमा अर्थात आठ बल बाँकी छँदै सहजै पुरा गर्यो । पञ्जाबलाई जिताउन जोनी बेरिस्ट्वोले शतक तथा प्रभसिमरन सिंह र शशांक सिंहले अर्धतशतकीय योगदान गरे । तीनै जना ब्याटरले आक्रामक खेले ।

    बेरिस्ट्वोले ४८ बलमा ९ छक्का र आठ चौकासहित नटआउट १०८ र शशांक सिंहले २८ बलमा आठ छक्का र २ चौकासहित नटआउट ६८ रन जोडे । प्रभसिमरनले आउट हुनुअघि २० बलमा ५ छक्का र ४ चौकासहित ५४ र राइली रुसोले १६ बलमा २६ रन हारे । कोलकाताका लागि एक मात्र विकेट सुनील नरेनले लिए । 

    यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको फिल साल्ट र सुनील नारायणको अधर्शतकसँगै कोलकाता नाइट राइडर्सले ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । साल्टले सर्वाधिक ७५ रन बनाए। ३७ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै, नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए।

    पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा नटआउट रहे।पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिए। सैम करन, हर्ष पटेल र राहुल चाहरको नाममा १–१ विकेट रह्यो। पञ्जाब जितसँगै आठौं स्थानमा उक्लेको छ । हारका बाबजुद कोलकाता दोस्रो स्थानमा छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार