शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

हाईस्कोरिङ म्याचमा गुजरातमाथि दिल्लीको जित

हाईस्कोरिङ म्याचमा गुजरातमाथि दिल्लीको जित

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    हाईस्कोरिङ म्याचमा गुजरातमाथि दिल्लीको जित
    images

    काठमाडौं । हाईस्कोरिङ म्याचमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि  रोमाञ्चक र सनसनीपूर्ण  जित निकालेको छ।


    images
    images

    इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातलाई  ४ रनले हराएको हो । जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौं स्थानमा छ ।

    २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा आठ विकेट गुमाएर २२० रन मात्रै बनाउन सक्यो । उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए ।

    बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे । पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २२४ रनको योगफल तयार गरेको थियो। दिल्लीले अन्तिम २ ओभरमा ५३ रन जोड्यो । अन्तिम ओभरमा उसले ३१ रन हानेको थियो । 
    त्यस क्रममा कप्तान रिसभ पन्तले विस्फोटक ब्याटिङ गरे। उनले अन्तिम ओभरमै ४ छक्का र १ चौका प्रहार गरी ३१ रन बनाएका थिए।

    उनी ४३ बलमा ८८ रन बनाएर नट आउट रहे। त्यस क्रममा ५ चौका र ८ छक्का प्रहार गरे।  त्यस्तै ट्रिस्टन स्टुब्सले नटआउट २६ रन बनाए। ७ बल मात्रै खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।त्यसअघि अक्षर पटेलले ६६ रन जोडेका थिए। ४३ बलमा उनले ५ चौका र ४ छक्का हाने।

    ओपनर पृथ्वी श ११ रन बनाएर आउट हुँदा अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका जेक फ्रेजर मिकगर्क गुजरातविरूद्धको खेलमा १४ बल खेलेर आउट हुन पुगे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडेका थिए। बलिङमा गुजरातका सन्दीप वारियरले ३ विकेट लिए।

    प्रतिक्रिया हरु
    थप समाचार