सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई नयाँ शाखा

साझा पोष्ट
मंगलबार, पुस २४ २०८०
  • images
    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई नयाँ शाखा
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

    images
    images

    बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका-३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध हुनेछन् ।

    images
    images

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । 

    बैंकले हाल देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क\वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार