सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शेयर बजार ६ महिनायताकै उच्च,  ८ अर्ब भन्दा बढीको कारोबार

शेयर बजार ६ महिनायताकै उच्च,  ८ अर्ब भन्दा बढीको कारोबार

साझा पोष्ट
मंगलबार, माघ २ २०८०
  • images
    शेयर बजार ६ महिनायताकै उच्च,  ८ अर्ब भन्दा बढीको कारोबार
    images

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ ।

    images
    images

    नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो । नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो। त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।

    images
    images

    कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । आज सबै समूहहरु बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र ब्यापार समूह २.१५ प्रतिशत बढे ।

    यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

    कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर अगाडि रहे । ८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

     

    प्रतिक्रिया हरु
    थप समाचार