सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रूपन्देही व्यापार संघमा प्यानलसहित दुई समूह मैदानमा

रूपन्देही व्यापार संघमा प्यानलसहित दुई समूह मैदानमा

साझा पोष्ट
बिहीबार , माघ ४ २०८०
  • images
    रूपन्देही व्यापार संघमा प्यानलसहित दुई समूह मैदानमा
    images

    बुटवल । रुपन्देही व्यापार संघको आगामी नेतृत्वका लागि पहिलोपटक प्यानल बनाएर दुई जना चुनावी मैदानमा गएका छन् । वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दीपक अधिकारीले प्यानल बनाएर उम्मेदारी दर्ता गरेका छन् । संघको १२ औं अधिवेशन माघ ५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अन्तरगत मंगलवार दुई पदबाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।  भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्यदेखि सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका हुन् भने अधिकारी २०६६ सालमा संघले व्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् ।

    images
    images

    नेकपा एमाले निकट व्यवसायीको बाहुल्य रहेको संस्थामा व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर प्यानलै बनाएर चुनावमा होमिएपछि एमाले जिल्ला नेतृत्वलाई पनि सकस  परेको छ । 
    निर्वाचन समितिका अनुसार ९ पदाधिकारीसहित २० सदस्यमा कुल ४२ जनाको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष प्रकाश ढकालको एकल उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा वर्तमान महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष ऋषिराम पाण्डेले उम्मेदवार दिएका छन् । द्वितीय उपाध्यक्षमा प्रेमनाथ पाण्डे र नामदेव पाण्डेको उम्मेदवारी परेको छ ।

    images
    images

    महासचिवमा वर्तमान सचिव फर्सुराम पन्तको एकल उम्मेदारी परेको छ भने कोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष मणि खनाल र झविन्द्र अधिकारी उम्मेदवार छन् ।  सचिवमा मनहरि बस्याल र मनिमदिन मिया, सहसचिवमा प्रकाश पौडेल र मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा अर्जुन भट्टराई र विनित भट्टराई उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अधिवक्ता लेखनाथ ढकालले बताए ।

     २० सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार सदस्यमा अशोक ज्ञवाली, इश्वरा देवकोटा, केदारनाथ नेपाल, गकुल ज्ञवाली, गोकर्णराज गिरी, गोविन्दप्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जीवनारायण घिमिरे, जीवलाल पौडेल (जीवन), टेकराज पन्थी, ठाकुरप्रसाद आचार्य, तेजेन्द्र सापकोटा, दिपककुमार श्रेष्ठ, न्यामत दिन मिया, नलराज नेपाल, नामदेव न्यौपाने, नारायण बस्याल, पिताम्बर अर्याल, बाबुराम खनाल, बाबुलाल पाण्डे, बालकृष्ण बस्याल, बिष्णुप्रसाद पाण्डेय, बृन्दा भट्टराई आचार्य, माधवप्रसाद ज्ञवाली, मुरारीराज भण्डारी, मोहनलाल पाण्डे, राजु श्रेष्ठ, रितेश ज्ञवाली, शंकर पोखरेल, शोभाकुमारी क्षेत्री जोशी, हरिबहादुर गहतराजको उम्मेदवारी परेको छ ।

    त्यसैगरी फर्साटिकर शाखाबाट तिलक आचार्य, सम्वद्ध संस्थाबाट हरिबहादुर सुनार, सालझण्डी शाखाबाट कुलबहादुर विसी र सेमलार शाखाबाट पूर्णप्रसाद काफ्लेको एकल उम्मेदवारी दर्ता भएको छ । यसपटक सदस्यमा धेरै नयाँ अनुहारहरुले उम्मेदवारी दिएका छन् ।संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार