सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सबै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति गठन

सबै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति गठन

साझा पोष्ट
बिहीबार , माघ १८ २०८०
  • images
    सबै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति गठन
    images

    काठमाडौं । सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी)  मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गरेको छ ।

    images
    images

    काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्न सरकारले अध्ययन समिति गठन गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

    images
    images

     पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार