सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न  दिनुपर्छ :  अध्यक्ष ढकाल

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न  दिनुपर्छ :  अध्यक्ष ढकाल

साझा पोष्ट
बुधबार, माघ २४ २०८०
  • images
    प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न  दिनुपर्छ :  अध्यक्ष ढकाल
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् । 

    images
    images

    बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै ढकालले प्रक्रिया पुरा भएकालाई रोक्न नहुनेमा जोड दिए ।   २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको उनले बताए । प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने उनले माग गरे । 
    ‘करिव २५ देखि ३० वटासम्म कम्पनीहरु जुन एउटा रेगुलर आइपीओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ ।' ढकालले भने, म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसावको इस्युहरु छन् भने भोलि अध्यक्ष ज्यु आइसकेपछि गर्ने होला, तर प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपीओ निष्कासन गर्न दिनुपर्छ ।’  । 

    images
    images

    अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको भन्दै। नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन पनि आग्रह गरे । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार