सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थतन्त्र लयमा फर्किदैंछ, तर विगतमा बेथितिले खर्च हुँदा बजेटरी सिस्टममा समस्या छ : अर्थमन्त्री 

अर्थतन्त्र लयमा फर्किदैंछ, तर विगतमा बेथितिले खर्च हुँदा बजेटरी सिस्टममा समस्या छ : अर्थमन्त्री 

साझा पोष्ट
बुधबार, माघ २४ २०८०
  • images
    अर्थतन्त्र लयमा फर्किदैंछ, तर विगतमा बेथितिले खर्च हुँदा बजेटरी सिस्टममा समस्या छ : अर्थमन्त्री 
    images

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि विगतमा अनुत्पादक क्षेत्रमा बेथितिपूणं ढंगले खर्च भएकाले सुधार्न समय लाग्ने बताएका छन् । 
    बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)  ले काठमाडौंमा गरेको अन्तरक्रियामा  मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । उनका अनुसार  अर्थतन्त्र सकारात्मक हुँदै गएपनि बजेटरी सिस्टममा समस्या भएको र त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्नेछ ।

    images
    images

    ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भने, ‘किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला–ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’ 

    images
    images

    त्यसमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाए । उनले उदाहरणका रुपमा तत्कालीन प्रधानमन्त्री ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यासको विषय उठाए ।  उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए ।

    ‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री महतले भने । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको बताउँदै उनले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

    अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार