सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सरकारले  २ खर्बभन्दा बढीले घटायो बजेटको आकार

सरकारले  २ खर्बभन्दा बढीले घटायो बजेटको आकार

साझा पोष्ट
सोमबार, माघ २९ २०८०
  • images
    सरकारले  २ खर्बभन्दा बढीले घटायो बजेटको आकार
    images

    काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटको आकार घटेको बताएका छन् ।

    images
    images

    चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उनले चालु आवको बजेटको आकार संशोधन गरेर घटाइएको जानकारी दिएका हुन् । 

    images
    images

    अर्थमन्त्री महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, कुल विनियोजनको ८७.३७ प्रतिशत हो ।

    गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थ वार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको छ ।

    पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने अनुमान छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

    वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने  उनको  अनुमान छ ।

    स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे ।

    सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतले देखेका छन् र 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार