सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति

कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति
    images

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ ।

    images
    images

    सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको हो । 

    images
    images

    माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको जानकारी दिएका छन् । 

    मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए । तर अब विश्वासको मत लिने तयारी स्थगित हुनेछ । 

    सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार