बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

डढेलोमा परी डोल्पामा तीन बालक घाईते

डढेलोमा परी डोल्पामा तीन बालक घाईते

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    डढेलोमा परी डोल्पामा तीन बालक घाईते
    images

    काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।


    images
    images

    च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार, दिउँसो घर नजिकैको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए ।

    गम्भीर घाइते उनीहरुलाई दुनैमा उपचार सम्भव नभएपछि  काठमाडौंका लागि रिफर गरिएको छ ।  तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको छ । 

    डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा निधन भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार