सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्रीको अडान, एमालेलाई दिने सहमतिप्रति असन्तुष्टि

विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्रीको अडान, एमालेलाई दिने सहमतिप्रति असन्तुष्टि

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्रीको अडान, एमालेलाई दिने सहमतिप्रति असन्तुष्टि
    images

    काठमाडौं। कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा एमालेलाई दिने सहमतिले नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि देखिएको छ ।प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।
    तर, मुख्यमन्त्री शर्माले  कर्णालीमा एमालेले नेतृत्व गर्ने निर्णयमा  असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images

    मुख्यमन्त्री शर्माले आफूले नै निरन्तर कर्णालीको नेतृत्व गर्ने पाउने अपेक्षा राख्दै आएका छन् । र, केन्द्रको निर्णय विपरित विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने’ जवाफ  प्रचण्डलाई दिएको बताइएको छ ।मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

    images
    images

    केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सोमवार सहमति भएपछि प्रचण्डले विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए, जसलाई उनले नमान्ने बताएका छन् ।  केन्द्रमा फरक सहमति भएपनि कर्णालीको नेतृत्व माओवादीले गर्नपर्छ भन्ने सोचमा रहेको नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले बताए । उनका अनुसार अहिलेसम्मको निर्णय अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर नै अगाडि जाने सहमति भएको जानकारी दिए ।

    माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीको मुख्यमन्त्री पार्टीले नै राख्नु पर्ने अडान प्रचण्ड समक्ष राखेका थिए, तर प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि केन्द्रमा रहेको असन्तुष्टिकै निरन्तरतामा कर्णालीमा पनि असन्तुष्टि देखिएको हो । जसले सहमति कार्यान्वयनमा जटिलता थपिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार